Paschim Express
क्यान्सरसँग लडिरहेका डडेल्धुराका व्यापारी महराको निधन

डडेल्धुरा । विगत दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका डडेल्धुराका व्यापारी हर्क महराको निधन भएको छ । ४५ वर्ष उमेर कटेका उनको आज(शनिबार) निधन भएको एक पारिवारिक सदस्यले जानकारी दिए ।

जिल्लाको गन्यापधुरा  गाउँपालिका-१ चिरा निवासी उनले सदरमुकाममा विगत लामो समयदेखि सम्बन्ध होटल सञ्चालन गरिरहेका थिए । तर, दुई वर्षअघि भने उनी जिब्रोको क्यान्सरबाट पीडित बने । त्यसपछि नेपालका विभिन्न अस्पतालमा उपचार गराइसकेका उनलाई परिवारले किमो गर्न जान सजिलो होला भनेर  कञ्चनपुरमा राखेको थियो ।

अचानक उनको स्वास्थ्य अवस्था बिग्रीएपछि उपचारका लागि भारत लग्दै गर्दा उनको निधन भएको बताइएको छ ।

बागबजारमा २ दशकअघि  उनले सुरु गरेको सम्बन्ध होटल जिल्लामै चर्चित होटल हो । पछिल्लो समय भने महराले जिल्ला प्रहरी कार्यालय अगाडि रहेको आफ्नै घरमा होटल चलाइरहेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update