Paschim Express
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते (आज) सार्वजनिक बिदा दिएको छ ।


थारु समुदायको माघी पर्वको अघिल्लो दिन आज बंगुर काटने (जिता)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ। पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ । सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update