Paschim Express
कैलालीमा ११ जना जुवाडे पक्राउ

धनगढी । कैलालीमा ११ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा ३४वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बौनियाँबाट खटिएको प्रहरी टोलीले नगद ६२ हजार ८५५ र ७ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update