Paschim Express
विपिन सकुशल हुनुहुन्छ, रिहाइको लागि कतारका विदेशमन्त्रीसँग कुरा गर्दैछु : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले यस्तो बताएकी हुन् । ‘हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि भोलि कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ । विपिन सकुशल हुनुहुन्छ भन्ने आशा छ, उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास पनि छ ’ उनले भनिन् . 

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो । विपिनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update