Paschim Express
भूमि आयोग डडेल्धुराको अध्यक्षमा पाण्डेय, सुदूरपश्चिमका अन्य जिल्लामा को–को ?

काठमाडौं । सरकारले ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।  जसमध्ये डडेल्धुराको अध्यक्षमा परशुराम नगरपालिका–३ का कैलाश कुमार पाण्डेयलाई नियुक्त गरिएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७-३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।

 सुदूरपश्चिमको कञ्चनपुर र बझाङबाहेक अन्य जिल्लामा पनि भूमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ । गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले ती जिल्लाका अध्यक्ष खाली राखिएको हो । 

bhumi-1736757509.png
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update