डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै गोली हानेर एक महिलाको हत्या भएको छ । आज(सोमबार) साँझ अमरगढी नगरपालिका-३ पथरोडा बस्ने अन्दाजी २४ वर्षीया अस्मिता थापा मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उनको हत्या आरोपमा श्रीमान् ३२ वर्षीय डम्बर थापा मगरलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार डम्बरले घरायसी विवाद हुँदा श्रीमतीलाई गोली हानेका थिए । गोली प्रहारपछि अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्यापछि फरार डम्बरलाई प्रहरीले नजिकैको जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ २०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय