Paschim Express
चम्पावतमा नेपाल र भारतका सीमा सुरक्षा प्रहरीका अधिकारीहरुको बैठक

काठमाडौं । नेपाल र भारतको सीमा सुरक्षा प्रहरीका अधिकारीहरुको बैठक सम्पन्न भएको छ। हिजो (मंगलबार) नेपालको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच समन्वायत्मक बैठक सम्पन्न भएको हो। भारतीय सशस्त्र सीमा बल (एसएसबी) को पाचौं बटालियन चम्पावत उत्तराखण्डमा डिआइजीस्तरीय काउण्टर पार्टस सम्बन्धी बैठक बैठक भएको हो ।

जसमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को पक्षबाट उत्तराखण्ड पिलिभित सेक्टरका सेक्टर कमाण्डर (डिआइजी) सुनिल कुमार ध्यानी र अल्मोरा सेक्टरका डिआइजी डिएन भोम्बेसहित ११ जना कमाण्डरहरुको सहभागीता रहेको थियो। त्यस्तै सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैधनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेको कमाण्डमा भारतसँग सीमा जोडिएका ५ वटै जिल्लाका सशस्त्र प्रहरी बल, नेपालका कार्यालय प्रमुखहरुको सहभागीता थियो ।

उक्त समन्वयात्मक बैठकमा सीमा ईलाकामा हुने सीमा अपराध सम्बन्धी विस्तृत रुपमा छलफल गरिएको थियो । यस्तै सीमा अपराध, सूचनाहरु आदानप्रदान, चाडपर्वलाई लक्षित गरी दुवै पक्षले सीमा क्षेत्रमा अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नको लागि संयुक्त रुपमा गस्ति तथा चेकजाँचलाई तिब्रता दिने, नेपालीहरूको पर्व दशै, तिहार र छठ पर्वमा सीमा नाकाहरुबाट नेपाल भारत आवतजावत गर्ने नागरिकहरुलाई आवतजावतमा सहजिकरण गर्नको लागि स्थापित हेल्प डेस्कबाट थप प्रभावकारी सेवा उपलब्ध गराउने, दुबै पक्षबाट सीमा अतिक्रमणको नियमित निगरानी गर्ने र अतिक्रमण भएको पाईएमा स्थानीयस्तरबाट दुवै पक्षबीच समन्वय गरी अतिक्रमण रोकथाम तथा अतिक्रमण हटाउँदै जाने विषयमा छलफल भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update