Paschim Express
बालयौन दुर्व्यवहार मुद्दामा फरार रहेका डडेल्धुराका काले पक्राउ

डडेल्धुरा ।  डडेल्धुरामा बालयौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा परशुराम नगरपालिका-१२ जोगबुढा बस्ने ५० वर्षका काले कामी रहेका छन् । 

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बालयौन दुर्वव्यवहार मुद्दामा ३ महिना कैद सजाय, ५ हजार रुपैयाँ जरिबाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तोकिएको थियो ।

कामीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update