बैतडी । बैतडीमा घाँस काट्ने क्रममा एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–८ जमाडीकि सीता विष्टको भीरबाट लडेर मृत्यु भएको हो ।
महिला स्वास्थ्य स्वयमसेविका समेत रहेकी उनी पुस १९ गते घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन् । उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि धनगढी लगिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय