Paschim Express
डडेल्धुराको तापक्रम झर्‍यो, आज  न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस

काठमाडौं । देशका केही स्थानको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार घटेको छ ।  शुक्रबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा हिजो काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो ।

शुक्रबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –२ डिग्री सेल्सियस छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम –४.६ डिग्री सेल्सियस थियो । बुधबार जुम्लाको न्यूनतम तापक्रम –६।३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार डडेल्धुराको न्यूनतम तापक्रम २.२, वीरेन्द्रनगरको ३.४, ताप्लेजुङको ५.४, ओखलढुंगाको ७.०, धनगढीको ७.६, पोखराको ७.८ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update