Paschim Express
चार महिनापछि बोलाइयो सुदूरपश्चिम प्रदेशसभा बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बोलाइएको छ । माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  

गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।

यस्तै बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update