काठमाडौं । नेकपा एमालेबाट निस्कासित नेता डा भीम रावलसँग जाहजमा बसेर एमाले नेता कर्ण थापा गृह प्रदेश सुदूरपश्चिम पुगेपछि अनेक अड्कलबाजी सुरु भएको छ ।
एमालेले पार्टीबाट निष्कासित गरेपछि रापल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको यात्रामा निस्केका हुन् । उनी शुक्रबार कैलालीको धनगढी पुगेका छन् ।
धनगढी विमानस्थलमा उनीनिकटहरूले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका थिए ।
काठमाडौंबाट धनगढीसम्म एमाले नेता कर्ण थापा र नेता रावलसँगै सिटमा बसेर पुगेका छन् । शुक्रबार बिहान उनीहरू काठमाडौंबाट धनगढी उडेका थिए ।
धनगढी एयरपाेर्टमा रावललाई उनका समर्थकले नाराबाजीसहित स्वागत गरेका थिए । उनका पक्षका नाराबाजी गरेका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उनले बैकल्पिक शक्ति निर्माण अभियानमा आफू जुटेकाे र सबै पक्षसँग छलफल जारी रहेकाे उनले बताए ।
धनगढी एयरपाेर्टबाट समर्थककाे र्यालीसहित रावल अत्तरिया पुगेका छन् । त्यहाँ समर्थकलाई सम्बाेधन गरेर आजै गृह जिल्ला अछाम जाने कार्यतालिका रहेकाे छ ।
उनीसँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका छन् । श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर उनी धनगढी आवरण गरेका हुन् । रावलसँगै बसेका थापा प्रफुल्ल मुद्रामा देखिएका थिए । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्पूर्ण ढंगले हेरिएको छ भने कतिपयले संयोगको यात्रा ठानेका छन् ।
एमालेमा रावललाई कारवाही गर्नुहुन्न भन्ने पक्षमा थापा थिए ।