
डोटी । डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी भएका छन् । जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीले शनिवार दुलही पक्षका व्याक्तिहरू सुजीको हलुवा लगायतका खानाका परिकार खाएकोमा बिरामी भएका बताएको छ ।
बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो। शनिवार बिहेको भोज खाएका ५७ जना बिरामी भएका हुन् । उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो ।
बिरामीहरूको रगतको नमुना सङ्कलन गरिएको छ । जिल्ला अस्पताल, डोटीमा परीक्षणका लागि नमुना पठाइएको हो ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १०:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय