Paschim Express
बैतडीका रमेशको भारतमा मृत्यु

 बैतडी । बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो ।


भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ । रमेशले चलाएको बस दुर्घटना भएको हो ।

उनको परिवार पाँच वर्षदेखि भारतमा बस्दै आएको थियो। उनकी श्रीमती, २ वर्षीय छोरी र एक वर्षको छोरा छन् ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update