
डडेल्धुरा । डडेल्धुरामा जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती रहेका छन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा ६० हजार रुपैयाँ जरिबाना तोकेको थियो । फरार रहेका खातीलाई सोमबार उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १५:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय