Paschim Express
कञ्चनपुर पुगे इजरायलबाट उद्धार गरिएका ७ जना, अन्यलाई जहाजमार्फत काठमाडौं ल्याइने

कञ्चनपुर: इजरायलबाट उद्धार गरि दिल्ली ल्याइएका नेपालीहरू बुधबार बिहान कञ्चनपुर आइपुगेका छन्। दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन्।

महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्।

उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्थासहित घर पठाएको हो। अब उनीहरुलाई घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

१८ जनामध्ये अन्य दिल्लीबाट जहाजमार्फत काठमाडौं हुँदै आ–आफ्ना घर फर्किने बताइएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update