Paschim Express
बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु

बैतडी । बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुगाउँकी ५१ वर्षीया कलावती साउंदको मृत्यु भएको हो ।

घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update