डडेल्धुरा । डडेल्धुरामा भिरबाट लडेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको नवदुर्गा गाउँपालिका–३ मतिकाँडाकी ७७ वर्षीया नन्दादेबि सिंह जंगलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् । घाइते सिंहको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय