बैतडी । बैतडीका एक युवकको भीरबाट लडेर भारतमा निधन भएको छ ।
जिल्लाको सिगास गाउँपालिका–८ लुपुण मल्लाडौडका २८ बर्षीय प्रेमसिंह बोहराको भीरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशब बहादुर बोहराले बताए ।
भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ ५ बजेतिर काम सकेर कोठातर्फ फर्कने क्रममा भीरबाट लडेका थिए । बोहरा भीरबाट लडेर करीब १५० मिटर तल खसेका थिए । भीरबाट लडेर गम्भीर घाइते भएका बोहरालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
उनी डेढ महिना अघिमात्रै रोजगारीका लागि भारतको पिथौरागढ गएका थिए । मृतक बोहराको घरमा श्रीमती र चार जना छोराछोरी रहेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय