
डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् ।
अजयमेरू गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०४००१ च ०००८ नम्बरको बोलेरो जिपको ढोकाबाट खसेर बुवा–छोरा घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बैतडीको पाटन नगरपालिका–१ का ५३ वर्षीय गणेश दमाई र उनका छोरा ५ वर्षीय प्रशान्त दमाई रहेको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना जिप चलिरहेको अवस्थामा अचानक ढोका खुल्दा खसेका थिए । दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जिप र चालक पाटन नगरपालिका–१ का २० वर्षीय रोशनसिंह बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय