Paschim Express
कैलालीमा विद्यालयको गेट भत्किँदा बालकको मृत्यु

कैलाली । कैलालीमा विद्यालयको गेट भत्किदा बालकको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका –९ गदरियास्थित जनता माद्यामिक विद्यालयको गेट भत्किदा सोही ठाउँका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको मृत्यु भएको हो ।

विद्यालयको मैदानमा विद्यार्थीहरु खेल्ने क्रममा गेट भत्किएपछि रानाको टाउकोमा लागेको थियो । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सोही ठाउँका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update