धनगढी । प्रधानमन्त्री कप महिला टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लब ले जितेको छ । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा शनिबार भएको फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले १२.५ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । एपीएफका ममता चौधरी ४४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहे । राजमती ऐरीले ४ रनमा रनआउट भएकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो । सुदूरपश्चिमका लागि मनिषा बोहाराले १८ तथा कप्तान बिन्दु रावलले १७ रन जोडे । सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफका लागि कविता जोशीले ३ तथा सबनम राई र कप्तान इन्दुले समान २÷२ विकेट लिए । एपीएफले प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो ।
उपाधिसंगै सुदूरपश्चिमले पाँच लाख नगदसहित ट्रफी पाएको छ । उपविजेता भएको सुदूरपश्चिमले तीन लाख नगदसहित ट्रफी पाएको छ । नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो ।