Paschim Express
धनगढीमा कैँची हानेर सहोदर दाजुको हत्या

धनगढी । कैलालीकाे धनगढीमा घरायसी विवादका क्रममा भाइले सहाेदर दाजुकाे हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका -१७ दिपनगर टाेल बस्ने लालबहादुर बाेहराकाे गएराति हत्या भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बाेहरामाथि उनकै सहाेदर भाइ प्रकाश बाेहराले कुटपिट गरि घाँटीमा कैँची प्रहार गरिएकाे बताए । कैँची प्रहारबाट गम्भीर घाइते भएका बाेहरालाई राति नै धनगढीकाे निसर्ग अस्पताल पुगाइएकाे थियाे ।

तर उनकाे उपचारका क्रममा मृत्युु भएकाे प्रहरी निरीक्षक खड्काले बताए । बाेहराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकाे छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update