Paschim Express
राति बझाङमा फेरि भूकम्पको धक्का

बझाङ: हिजो राति बझाङमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०:०४ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङ केन्द्रबिन्दु बनाएर असोज १६  गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए।

दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update