अछाम । अछाममा गाेठालाे गएका बेला दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ढकारी गाउँपालिका-१ काे छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाकाे अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरसँग गाेठालाे गएका दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । २० वर्षमुनिका उनीहरू परिचय भने खुलाइएको छैन ।
शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खाेजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।
टाउको र शरीरमा गम्भीर चाेट लागेकाे अवस्थामा भेटिएका उनीहरूकाे शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।
प्रहरीले तालिमप्राप्त कुकुरकाे प्रयाेग गरेर पनि अनुसन्धान गरेको थियाे । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिराे अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतककाे शव भेटिएको माथिपट्टी भिर रहेकाे र उनीहरूकाे शव भन्दा तल माथिबाट ठूलाे ढुङ्गा खसेकाे देखिएकाे जनाएको छ ।
ढुंगा खसेर चाेटपटक लागेकाे जस्ताे देखिएपनि शव परीक्षण रिपोर्टबाट धेरै तथ्यहरू खुल्ने आशा प्रहरीले गरेकाे छ । मृतक दुवै जना किशोरी नाताले फुपू–भदै हुन् ।