डडेल्धुरा । डडेल्धुराका झण्डै ७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका ६ हजार ९ सय ८६ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ ।
स्वास्थ कार्यालय डडेल्धुराका अधिकृत हरि भट्टले यो खोप अभियान देशभरी यहि माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने बताए । उनले अब हरेक वर्ष फागुन महिनामा यो खोप नियमित लगाइने पनि बताए ।
सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस ९फेब्रुअरी ४० को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छभने स्तन क्यान्सर दोस्रोमा पर्छ ।