Paschim Express
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयघात

काठमाडौं : चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयाघात भएको छ। 

बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन गएका मन्त्री श्रेष्ठको स्वास्थ्यमा  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति साढे १ बजे बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ। ​

चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको  मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। 

हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन्। 

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update