काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का २५ वर्षीय भुवन कार्की रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो । उनले बेरोजगार युवा-युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । आकर्षक तलब-सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भएका थिए ।
उनले अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए । कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ १०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय