Paschim Express
सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्कनेको लर्को, एकैदिन आए २ हजार १३२ 
फाइल फोटो

धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेको विभिन्न नाका भएर भारतबाट स्वदेश फर्कनेको लर्को लागेको छ । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेपछि नाकामा फर्कनेको भिड बढेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज एकै दिन दुई हजार १३२ जना भारतबाट स्वदेश फर्किएका छन् । 

कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट एक हजार ३५०, गौरीफन्टा नाकाबाट ७७२ र बैतडीस्थित झुलाघाट नाकाबाट १० जना फर्केको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।

दसैँ, दीपावली मनाउन दैनिक धेरै मानिस यी नाकाहरू भएर फर्किरहेका छन् । रोजगारीको खोजीमा धेरैजसो नेपाली भारततिर जाने गर्छन् ।   

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update