डडेल्धुरा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका छन् । आज(बिहीबार) बिहानै उनी सवार हेलिकोप्टर डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारमा अवतरण भएको थियो । उनी पत्नी अन्जना केसी थापासहित काठमाडौंदेखि सुदूरपश्चिमका धार्मिक शक्तिपीठहरू भ्रमणमा निस्किएको बुझिएको छ ।
थापाको भ्रमण विशुद्ध धार्मिक भएको नेपाली कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले बताए । डडेल्धुरापछि महामन्त्री थापा बैतडीको त्रिपुराशुन्दरी र बाजुराको बडीमालिका पुग्ने योजना रहेको भण्डारीले बताए । उनका अनुसार थापा आफ्ना केही साथीहरुसँग धार्मिक भ्रमणमा निस्किएले कुनै राजनीतिक भेटघाट भएन ।
महामन्त्री थापाको व्यक्तिगत धार्मिक भ्रमण रहेका कारण स्थानीय कांग्रेस नेता-कार्यकर्तालाई पनि जानकारी नगराइएको बुझिएको छ ।