डडेल्धुरा । सशस्त्र प्रहरी गुल्म नम्बर ५२ डडेल्धुराले सीमा क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गर्न थालेको छ । सीमा सुरक्षा, महिला बेचबिखन, तस्करी, भन्सार लगायतका विषयमा स्थानीयसँग छलफल गर्न सीमा क्षेत्र परशुरा नगरपालिका–५ परिगाउँ विओपीमा अन्तरक्रिया आयोजना गरिएको हो ।
स्थानीयलाई सीमा सुरक्षा गर्न तैनाथ रहेको विओपीले आम नागरिकसँग गरिएको छलफलले राम्रो सन्देश दिने परशुराम नगरपालिका उपप्रमुख बिमला महताले बताइन् । परशुराम–५ का वडाअध्यक्ष दिलबहादुर शाहीले सीमा सुरक्षामा सशस्त्र प्रहरीले उल्लेखनिय काम गरेको बताए । उनले सबै सुरक्षा निकायले स्थानीयलाई सुरक्षा दिइरहेको बताए ।
स्थानीयसँगको छलफलले सीमा सुरक्षामा थप प्रभावकारी काम गर्न सकिने सशस्त्र प्रहरी ५२ नम्बर गुल्म डडेल्धुराका गुल्मपति साजेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले डडेल्धुराको ४३ किलोमिटर क्षेत्र भारतीय सीमानासँग जोडिएको बताउँदै सबै स्थानका स्थानीयसँग छलफल गरिने बताए ।
परशुराम–५ मा सञ्चालित ढुङ्गालाई नियमितरुपमा सञ्चालन गर्नका लागि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको नियमित सहयोग सहकार्य जरुरी रहेको स्थानीयको भनाइ छ । उनीहरुले लामो समयदेखि बन्द रहेको छोटी भन्सार खुलाइदिने पहल गरिदिन माग पनि गरेका छन् ।
विस २०२८ सालमा स्थापना भएको छोटी भन्सार बन्द भएका कारण स्थानीयले दुःख पाइरहेका छन् ।