Paschim Express
डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई २ लाख राहत वितरण

 

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१० मा चट्याङ लागि मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप २ लाख प्रदान दिइएको छ ।  प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मृतक अमर बहादुर विष्टकी श्रीमती पार्वती देवीलाई चेक हस्तान्तरण गरेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले विपदमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख राहत वितरण गर्ने गरेको छ ।

अमर बहादुर विष्टको गत भदौ १६ गते चट्याङ लागेर मृत्यु भएको थियो । रुडुक डडेल्धुराले पनि परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीमार्फत मृतक बिष्टको परिवारलाई 'वास किट' वितरण गरेको छ । 

यसअघि परशुराम–८ की प्रतिभा धामीको परिवारलाई २ लाख राहत वितरण गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update