
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बेहोस भएका छन् ।
उच्च रक्तचाप र मधुमेहका बिरामी भट्ट आइतबार राष्ट्रिय सभाको बैठक चलिरहेका बेला अचानक ढलेका हुन् । उनले आजको बैठकमा बोल्ने तयारीसमेत गरेका थिए ।
अहिले उनको संसद् भवनमै उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको बताइएको छ ।
उनी बेहोस भएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनको सट्टा कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्नका लागि समय दिएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय