Paschim Express
डडेल्धुरा सदरमुकाममा कसले फ्याँक्दैछ ‘जय गुरिल्लातन्त्र’ लेखेका पर्चा–पम्पलेट ?

डडेल्धुरा । हिजोआज डडेल्धुरा सदरमुकाममा अनौठा नारा लेखिएका पर्चा–पम्पलेट भेटिन थालेका छन् । हिजो बुधबार सदरमुकाम बागबजारमा बिहानै ‘सनातन नेपाली संस्कारी चलन, शुशील नेपाली, ‘मालिकको पखाला कहिले रोकिन्छ’, ‘२१ खर्ब ऋण गुरिल्लातन्त्र नेपालमा’ लगायतका नारा लेखिएका पर्चा–पम्पलेट फालिएका थिए। 

बागबजारका व्यापारीहरुले ती यत्रतत्र फ्याँकिएका पर्चा–पम्पलेट कसल र किन फाले भन्नेर जानकारी समेत पाएनन्। बिहानै पसल खोल्न आउनुअघि नै ती पर्चा–पम्पलेट बजारभरी फालिएको अवस्थामा रहेको एक व्यवसायीले बताए। 

आज पुनः त्यस्तै पर्चा–पम्पलेट बगरकोट बजारमा पनि पाइएको स्थानीले बताएका छन्। देशको राजनीतिक अवस्थादेखि दिक्काएका युवाहरुले पर्चा–पम्पलेट फालेको हुनसक्ने स्थानीले अनुमान गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update