Paschim Express
ललितपुरमा तीन अर्बको अनलाइन जुवा कारोबार,  सुदूरपश्चिमका दुईसहित २४ जना पक्राउ [नामसहित]

ललितपुर । महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन् ।

प्रहरी टोलीले ललितपुर महानगरपालिका-२ सानेपाका दुई वटा घरबाट उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले ८ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए । जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ । 

यी हुन् पक्राउ पर्नेहरु

null

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update