डडेल्धुरा । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भ मेला चलिरहेको छ । सोही मेलामा डडेल्धुराका एक पुरुष बेपत्ता भएका छन् । यही माघ १५ गते दिउँसो करिब ४ बजेदेखि जिल्लाको अमरगढी नगरपालिका– १० राई बस्ने टिकाराम भट्ट मेलाबाट हराएका हुन् ।
उनी ८ नम्बर सेक्टरदेखि हालसम्म सम्पर्कविहिन भएको वडाअध्यक्ष खेमराज भट्टले बताए । साथै उनले टिकाराम भट्टलाई देख्ने वा फेला पार्नेले फोन नम्बर ९८४८४४६४५६, ९८४८४४६४५६, ९८१४६१७२३९ र ९८४८७२०५३७ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय