Paschim Express
डडेल्धुरामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

डडेल्धुरा । डडेल्धुरामा दसैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले चाडपर्वको शुभकामना दिँदै सरकारले कृषि तथा पशुपालनमा बर्सेनि अनुदान दिइरहेको तर उत्पादन नबढेकोले अनुगमन बढाउनु पर्ने बताइन् । उनले वास्तविक किसानले अनुदान नपाउने र बिचौलीयाले अनुदान पाउने समस्या हुँदा कृषि उत्पादन बढ्न नसकेको बताइन् । 

कर्मचारी मिलन केन्द्र डडेल्धुराका अध्यक्ष करुणाकर अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका प्रमुखहरु पनि सहभागी थिए । केन्द्रका अध्यक्ष अवस्थीले दसैं बिदामा घर गएका कर्मचारी समयमै काममा फर्किने दाबी गरे । उनले कर्मचारी समयमै कार्यालय फर्केर सेवाग्राहीलाई सेवा दिन तल्लिन हुने बताए ।

कर्मचारी मिलन केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यालय प्रमुख एवं कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, निर्माण व्यावसायी संघ, नेपाल पत्रकार महासंघ र नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update