Paschim Express
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित ६ जनाविरुद्ध रिट दायर, कारण यस्तो

कैलाली । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरिएको छ । सोमबार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले उनीहरूविरुद्ध रिट दायर गरेका हुन् ।

उनीहरूले उच्च अदालत दिपायल महेन्द्रनगरको इजलासमा रिट दायर गरेको बताइएको छ। उनीहरूले सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, परीक्षा नियन्त्रक अनुराधा रोकाया, कानुन संकायका डीन भवानी चन्द ठकुरी, केन्द्रीय क्याम्सपका कोर्डिनेटर भीमबहादुर फडेरा र कैलाली बहुमुखी क्याम्पसका कोर्डिनेटर पदमबहादुर पालविरुद्ध रिट दायर गरेको जनाइएको छ ।

बीएएलएलबी कार्यक्रम ५ वर्षमा सकाउनुपर्नेमा ढिलाई भएको र समयमै परिक्षा नहुने भएकाले तालिका नै तलमाथि भएको भन्दै उनीहरूले रिट दायर गरेका हुन् ।

जसमा उनीहरूले सातौं सेमेस्टरको परीक्षा समयमै गर्नुपर्नेमा ढिलाई भएको र २०८२ चैत्रमा कार्यक्रम सकाउन परमादेश माग गरेका छन्।

आज विद्यार्थीहरुले उत्प्रेषणसहित परमादेशको माग गर्दै रिट दायर गरेकोमा आज पेसी तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update