Paschim Express
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको दोस्रो अधिवेशन डडेल्धुरामा सम्पन्न, अध्यक्षमा बिष्ट

डडेल्धुरा- राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको दोस्रो अधिवेशन डडेल्धुरामा सम्पन्न भएको छ । लोकतान्त्रिक अपाङ्ग संघका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद पन्तको सभापतित्वमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सचिव तथा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत रहेका थिए ।

नवनिर्वाचित कार्यसमितिमा कुमारी बिन्दु विष्ट अध्यक्ष चयन भएकी छिन् । उपाध्यक्षमा करनसिंह शाह, सचिवमा गणेश ऐर, कोषाध्यक्षमा मिना साउद तथा सदस्यहरूमा काली भण्डारी, पदम बहादुर दियाल, दलबहादुर साउद, देवकी पन्त र मदन विष्ट चयन भएका छन् । त्यस्तै, महाधिवेशन प्रतिनिधिमा करनसिंह भण्डारी चयन भएका छन् ।

अधिवेशनमा नव निर्वाचित समितिले अपाङ्गताको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने नेपाली कांग्रेसले यसको लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ ।  नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । संगठन निर्माणमा यस अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update