Paschim Express
डडेल्धुराकाे एक मन्दिरको प्रतिक्षालयमा पुरुष मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । मङ्गलबार राति ८:५० बजेको समयमा जिल्लाको अजयमेरु गाउँपालिका-५ लेटम बस्ने अन्दाजी ५८ वर्षीय शेरबहादुर पाल मृत फेला परेका हुन् । 

उनी सोही ठाउँको लाटाकटारी मन्दिरको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update