
धनगढी । नेपालमा लोप भइसकेको भनिएको सानो ओत (एसियन स्मल क्लावड ओत) एक सय ८५ वर्षपछि डडेल्धुरामा फेला परेको छ । डडेल्धुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला परेको हो ।
सन् १८३९ यता यो प्रजातिको ओत नेपालमा देखिएको थिएन । डडेल्धुरामा सो प्रजातिको ओत फेला पर्नुले सानो ओतको अस्तित्व अझै कायम रहेको पुष्टि भएको छ ।
डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलबाट स्थानीयले सानो ओतको छाउरालाई पक्रेर ल्याएका थिए ।
रङ्गुन र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओतको बथान नै रहेको बताइएको छ । नेपालका तराई र पहाडमा बस्न सक्ने सानो ओत वासस्थान विनाशका कारण निकुञ्ज क्षेत्रबाहेक अन्य ठाउँमा पाइँदैन भन्ने भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय