Paschim Express
डडेल्धुराबाट यी कर्मचारीको भयो सरुवा, को आउँदैछन् नयाँ ? 

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय मातहतका कार्यालयमा कार्यरत कर्मचारीको सरुवा भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत कार्यालयमा कार्यरत कर्मचारीको सरुवा भएको छ । सोहीअन्तर्गत डडेल्धुरामा कार्यरत केही कर्मचारीको पनि सरुवा भएको छ । 
सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशीको बझाङ सरुवा भएको छ । यस्तै कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुर सरुवा भएको छ । उनीहरुको स्थानमा डडेल्धुरा आउने कर्मचारीको भने टुंगो नलागेको सम्बन्धित मन्त्रालयहरुले जनाएका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटी र डडेल्धुराका प्रमुख गणेशप्रसाद उपाध्यायको कैलाली सरुवा भएको छ । उनको स्थानमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीबाट कृष्णबहादुर बोगटी डडेल्धुरा आउने भएका छन् । 
यस्तै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरामा डा. खडकबहादुर कठायतको काज थप भएको छ । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय डडेल्धुराका पुष्करबहादुर सिंहको कैलाली सरुवा भएको छ । यस्तै सव इन्जिनियर मनिराम लामिछानेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीबाट डडेल्धुरा सरुवा भएको छ । यातायात पूर्वाधार निर्देशनालयबाट अधिकृत सुर्यप्रकाश जोशी पूर्वाधार विकास कार्यालय डडेल्धुरा आउने भएका छन् । 


 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update