
डोटी । डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा चेकजाँच गर्दा दिपायल सिलगढी नगरपालिका-२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाल, आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका-४ देहिमाण्डौ घर भई पिपल्ला कोठा गरी बस्ने १९ वर्षीय अर्जुन बोहरा पक्राउ परेका हुन् ।
तीनै जनालाई शुन्य दशमलव ४२० ग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय