Paschim Express
बाख्रा चराउन गएका बैतडीका हरिदत्तको भिरबाट लडेर मृत्यु

बैतडी । बैतडीमा बाख्रा चराउन गएका एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-६ रोसेरागाउँका ७२ वर्षीय हरिदत्त जोशीको बुधबार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार हिजो दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएका जोशी भिरबाट डेढ सय मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update