
कैलाली । कैलालीको गोदावरी नगरपालिकाको ११ नम्बर वडामा आमा–छोरी मृत अवस्थामा भेटिएका छन्। बिहीबार साँझ गोठान क्षेत्रमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, साढे ७ बजेतिर मिरा घरमा झुन्डिएको अवस्थामा र प्रिन्सी पासो काटिएको अवस्थामा भुइँमा मृत अवस्थामा भेटिएका हुन् ।
मृतक मिराका देवर नरेश विकले झुन्डिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थि ए। मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । घटनाका समयमा उनकी सासू आमा पनि घरमा उपस्थित नभएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटना सम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।