Paschim Express
भारतको बेंगलरुमा बझाङका दुई युवकको डुबेर मृत्यु

बझाङ । बझाङका दुई जना युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का  वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक रहेका छन् ।

उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए ।

त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update