Paschim Express
कैलालीमा कक्षा ४ मा पढ्ने बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक करणी भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका(३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको बोहराले बताए ।

प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने उनलाई गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको डीएसपी बोहराले बताए ।

घटनाबारे पीडितकी दिदीले आइतबार साँझ मात्र प्रहरीलाई खबर गरेकी थिइन् । खबर गर्ने बितिकै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update