
धनगढी । त्रिभुवन विश्वविद्यालयले डडेल्धुरा बहुमुखी क्याम्पसकाे रिक्त क्याम्पस प्रमुख पदमा उपप्राध्यापक लालबहादुर बुढालाइ नियुक्त गरेको छ ।
यसअघि डडेल्धुरा बहुमुखी क्याम्पसको रिक्त क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि गठित छनोट समितिले बुढासंगै उपप्राध्यापक प्रेमबहादुर कार्की र भक्तबहादुर कठायतको नाम सिफारिस गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० (संशोधन हित)को परिच्छेद ५२ को नियम १८५(२) बमोजिम रिक्त क्याम्पस प्रमुख पदमा नियुक्ति प्रक्रियाका लागि विनियम ३९(५) ख बमोजिम आवेदन दिने उम्मेदवारमध्ये तीन जनाकाे नाम सिफारिस गरिएकाे थियाे ।
यसअघि, क्याम्पसका प्रमुख गंगादत्त उप्रेती थिए । उनको चार वर्षे कार्यकाल सकिएपछि, त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुखको नयाँ नियुक्ति गर्नको लागि आवेदन आह्वान गरेको थियो ।