Paschim Express
धनगढीमा ‘हरहर महादेव’ भन्दै प्रहरीमाथि चक्कु प्रहारको प्रयास

धनगढी । कैलालीको  धनगढीमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास गर्ने एक जनालाई प्रहरीले प्रक्राउ  गरेको छ । मंगलबार राति राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटालाई प्रहरीले  प्रक्राउ गरेको हो ।

हातमा चक्कु लिएर प्रहरीलाई आक्रमणको प्रयास गरेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको  छ । भिडियोमा  प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख  प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । प्रक्रउ परेका  टमटालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको एसपी बिष्टले जानकारी  दिएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update