Paschim Express
डडेल्धुराको स्याउलेबाट ७१ वर्षीय वृद्ध पक्राउ, धनगढी लग्दै थिए चरेश

डडेल्धुरा ।डडेल्धुरामा लागू औषध चरेशसहित एक वृद्ध पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिका-१, स्याउलेबाट बझाङ छविसपाथिभेरा ३ का ७१ वर्षीय चन्द्र देव जैशीलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको छ ।

भिमदत्त राजमार्ग अन्तर्गत बझाङबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४०९ नम्बरको बसमा यात्रा गरिरहेका जैशीको साथबाट ७८४ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको छ ।

प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा, जैशी बसेको सिटमाथि रहेको सामान राख्ने र्‍याकमा प्लास्टिकको कट्टाभित्र पिडालुसँग मिसाएर लुकाइएको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ । हाल घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update